मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।

एमालेभित्रको एकता अभियानमा जोडिएका आचार्यलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाबमोजिम राईले मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

  • १० भाद्र २०७८, बिहीबार १२:३९ प्रकाशित