काठमाडौं ।
आज एकै दिन सुनको मुल्य १३ सयले उकालो लागेको छ ।
नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला १३ सयले बढेको हो । आज छापावाल सुनको प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा २० बढेको छ । चाँदीको मूल्य एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।