काठमाडौं।
पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगन्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।
समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४:३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।