पोखरा ।
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता ९एमसीसी०बारे भ्रम छरेको बताए ।
गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले भारत,चीन र अमेरिका लागेको उनको आरोप लगाए ।
एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने बताएका भट्टराइले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। , पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।
उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवा गरे। अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुननसक्ने उनको दाबी थियो ।