अल्मुताइरी २०२४ सम्म प्रशिक्षक रहनेः अल्मुताइरीले भने,‘नेपाली खेलाडी र समर्थकलाई नाई भन्न सकिन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २०२४ सम्म नेपाली टिमको प्रशिक्षक रहने औपचारिक घोषणा भएको छ।

अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । एन्फासँगको सहमतिपश्चात अल्मुताइरी गत साता नेपाल आएका थिए ।

नेपाल फर्किएपछि पहिलोपटक अब्दुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले खेलाडी र समर्थकलाई नाइ भन्न नसकेर नेपाल फर्किएको बताए ।

  • १६ कार्तिक २०७८, मंगलवार १४:०४ प्रकाशित