मनाङ ।
आन्तरिक भ्रमणमा व्यस्त राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छिन् । आज बिहान पुगेकी उनले एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी छिन् । अवलोकनको क्रममा भण्डारीले मनाङको वातावरणीय स्वच्छतालाई बचाइराख्न स्थानीयलाई आग्रह गरिन् ।
भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने भन्दै यसमा स्थानीयको मुख्य भूमिका रहने पनि बताइन् । हामीले नै वातावरण जोगायौँ भने मानव जातिको अस्तित्व जोगिने भन्दै अठोटका साथ यसतर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरिन्।