थप तीन वर्ष नेपाली फुटबल टीमको प्रशिक्षक रहने अल्मुताइरीको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल फर्किन्न भनेका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अझै केही वर्ष प्रशिक्षकको रुपमा रहने निर्णय गरेका छन् । अल्मुताइरीले अझै तीन वर्ष मुख्य प्रशिक्षक रहने निर्णय गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको छलफलपछि प्रशिक्षक अल्मुताइरीले ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद ।’

नयाँ चुनौतीको शुभेच्छा दिँदै अब्दुल्लाहले भनेका छन्, ‘हामी दुई वर्षको टार्गेट र योजना सार्वजनिक गर्नेछौं । तपाईहरुलाई म वाचा गर्छु नेपाली फुटबलको भविष्य राम्रो हुनेछ । हामीलाई केही समय दिनुहोस् ।’

  • १० कार्तिक २०७८, बुधबार १६:०६ प्रकाशित