पोखरामा पहिलोपटक र्‍यापिट रेटिङ गेमः कार्तिक १२ देखि बुद्धिचाल प्रतियोगीता

केन्द्रभाग मिडिया

पोखरा ।

माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगीता २०७८ हुने भएको छ ।

प्रतियोगीता यहीं कार्तिक १२, १३ र १४ गते हुने आयोजकले जानकारी दिएका छन् । यस्तो प्रतियोगीता पोखरामा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रम संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीको दावी छ ।

‘पोखरामा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगीताको लागि इन्टरनेशनल आर्केटरहरु पोखरा आउनेछन्’ भण्डारीले भने । यो प्रतियोगीता फिडेले मान्यता दिएको प्रतियोगीता भएको उनले खुलाए। प्रतियोगीतामा ६० भन्दा बढीको सहभागीता हुने आयोजको अपेक्षा रहेको छ ।

प्रतियोगीतामा भाग लिनको लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क स्थानियको लागि ५ सय रुपैया र अन्यको लागि १ हजार रुपैयाँ लाग्नेछ । प्रतियोगीता पोखरा १७ मा रहेको छोरेपाटन माविको प्राङ्गणमा सञ्चालन हुनेछ ।

प्रतियोगीताको विजेताले १५ हजार रुपैयाँ सिल्ड मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाईडिङ र बोटिङ गर्ने अवसर पाउनेछ । यस्तै द्धितिय पुरस्कार १० हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतिय पुरस्कार ५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, चौथो पुरस्कार ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ, पाँचौ पुरस्कार २ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर रहेको छ ।

छैटौ देखि दशौं स्थानसम्मको लागि नगद १ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर प्रदान गरिने आयोजकले जनाए ।यसका साथै उत्कृष्ट महिला, उत्कृष्ट अनरेटेड, उत्कृष्ट भ्रेन्टान्सलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ को विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा बुद्धिचाल संघ कास्की सहयोगी संस्थाको रुपमा रहेको छ । प्रतियोगीताका सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाई छ ।

  • १० कार्तिक २०७८, बुधबार १४:४२ प्रकाशित