काठमाडौं ।
झन्डै दुई वर्षपछि नेपाली कामदार भोलि कोरिया जाने भएका छन।
२० महिनापछि ४८ जना कमिटेड कामदार बुधबार बिहान साढे सात बजे कोरिएन एयरमार्फत जाने भएका हुन् । यसअघि कोरिया ईपीएस शाखाले ५० जना कामदारलाई भोलि(कार्तिक १०) गते लानेको भनेको थियो ।
दुई जना कामदारको सीसीभीआई फारम भरेको समय सकिएकाले उनीहरु भोली जान नपाउने भएको शाखाले जनाएको छ । महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक कमिटेड कामदार लान लागेको हो ।
कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू र कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने भएका हुन् ।
मंसिरको दोस्रो सातासम्ममा दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी गरेको राउतले बताए ।कमिटेड कामदार करिब २५ सयको संख्यामा छन् ।
कमिटेडेड कामदारलाई पठाइसके पश्चात बाँकी रहेका भाषा परीक्षा पास गरेकालाई पठाउन शाखाले पहल थाल्ने भएको छ ।पहिलो प्राथमिकतामा कमिटेड कामदारलाई रहेकाले भाषा परीक्षा पास गरेकाले केही समय पर्खनुपर्नेछ ।
सरकारले भाषा परीक्षा गर्न पुसदेखि कोरियासँग छलफल गर्ने भएको छ ।