बागमती प्रदेश सभाः सभामुखले एमालेको आग्रह मानेनन्, एमालेले बैठक बहिष्कार गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो ।

सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा पर्नुभएको थियो । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसक्नु भएको छ । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।

  • ४ कार्तिक २०७८, बिहीबार १२:५८ प्रकाशित