पोखरा । नेता माधवकुमार नेपाल समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ।
नेपाल समूहले बुधबार ‘नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ताका लागि निवेदन दिएको थियो।
तर एमाले नामको पार्टी पहिले दर्ता रहेकाले यससँग मिल्दोजुल्दो नाम राख्न नपाइने भनेर आयोगले अस्वीकृत गरेको हो।
यसपछि नयाँ नाम जुराउन छलफल भइरहेको एक नेताले बताएका छन्।
अब नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत ९समाजवादी०’ वा ‘नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी०’ राख्ने विषयमा कुराकानी भइरहेको तर निर्णय गर्न बाँकी रहेको नेपाल समूहले जनाएको छ।