बाँकेको राप्तीसोनारी– १ गाभरनजिकै गत भदौ २७ गते सडकबाट तानेर एक ४५ वर्षीय भारतीय नागरिकलाई दुईवटा पाटेबाघले खाएका थिए।
उक्त घटनापछि त्रासपूर्ण अवस्था रहेको गाभर गाउँ दशैँमा समेत सुनसान रहेको सोही ठाउँकी चन्दा लामाले बताइन्।
गाउँनजिकै बेलाबेलामा बाघ गर्जिएको सुनिने गरेको उनले बताइन्।
ूदिउँसो पनि कतैबाट बाघ आउँछ कि भन्ने डर लागिरहन्छ। बाघको डरले दशैँमा चेलीबेटीहरू पनि आउन सकेनन्। यसपालि त पहिलेको जस्तो चहलपहल छैन, दशैँ सुनसान छ।
बाघले मान्छे खाएको करिब तीन सातापछि सोही ठाउँको सामुदायिक वनमा बाख्रा र भैँसी चराउन गएका तीन जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरू रूखमा चढेर ज्यान जोगाउन सफल भएका थिए।
तिनैमध्येका एक सेतु ओली भन्छन्, हामी आफ्नै आँखाले चारवटा ठूला गोरुजत्रा बाघ देखेर रूखमा चढ्यौँ, हात्ती आएर नबचाएको भए बाख्रा र हामी सबैलाई त्यस दिन बाघले खान्थ्यो।
जङ्गलको छेउमै गाउँ रहेकाले पशुचौपाया पालेर गुजारा गर्दै आएको ओलीले बताए।
उनले भने, यहाँ सबैका भैँसी र बाख्रा धेरै छन्। यति धेरै पशुचौपाया घरमा बाँधेर पाल्न सम्भव छैन, जङ्गल लैजाऔँ बाघले खाला भन्ने डर छ।
बाँकेभन्दा बर्दियामा जङ्गली हात्ती र बाघले बढी जनधनको क्षति गर्दै आएको देखिन्छ।
बर्दियामा २०७६र०७७ मा छ जना, २०७७र०७८ मा १२ जना र चालु आर्थिक वर्षमा अहिलेसम्म दुई जना गरी २० जनाको बाघको आक्रमणबाट ज्यान गएको बर्दिया निकुञ्जले जनाएको छ।
यसैगरी नेपाल(भारत सीमा क्षेत्रमा पर्ने राजापुरको जङ्गलमा एक भारतीय नागरिकको बाघको आक्रमणबाट दुई वर्षअघि ज्यान गएको बताइएको छ।

रातको समयमा सधैँजसो जङ्गली हात्ती गाउँतर्फ आउने गरेको उनले बताए।
धान, मकै सखाप पारेर जान्छ, कतै मानिसलाई पनि क्षति गर्छ कि भनेर जागा बस्छौँ। होहल्ला गरेर हात्ती धपाउँदै आएका छौँ।
भदौमा बर्खे मकै तयार भएदेखि गहुँ पाक्ने बेलासम्म जङ्गली हात्तीले सताउने गरेको अधिकारीले बताए। समाचार साभारः बीबीसी