७८ वर्षीय श्रीमानले लात्ती प्रहार गर्दा श्रीमती कान्छीमायाको निधन

केन्द्रभाग मिडिया

Dead body in a mortuary

रसुवामा कुटपिटबाट एक जनाको निधन भएको छ । घरायसी विषयमा झै–झगडा हुदाँ नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको निधन भएको हो ।

घरयासी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले श्रीमती माथी कुटपिट गरेका थिए । शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिंढीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको र उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट लगिएकोमा उनको सोही दिन बेलुका निधन भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरुहेको रसुवा प्रहरीले जानकारी दिएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार १२:३८ प्रकाशित