साथीको घर जान निस्किएका २५ वर्षीय पुरुषको शव खोला छेउमा फेला

केन्द्रभाग मिडिया

धनगढी ।
कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको अनुसन्धानको लागी श्रीमतीसहित चारजनालाई पक्राउ गरेको छ । रमेशको शनिबार खुटिया खोलाको छेउमा मृत अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटरको दुरीमा चौधरीको हत्या भएको जानकारी दिए ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार ११:२९ प्रकाशित