घाँटी काटिएको अवस्थामा ४० वर्षीय पुरुषको शव फेला, प्रहरीले कुकुरसहित अनुसन्धान थाल्यो

केन्द्रभाग मिडिया

धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेको बस्नेतले बताए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनास्थलमा अहिले कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

  • ३१ आश्विन २०७८, आईतवार ११:११ प्रकाशित