एमाले विभाजित भएको होइन, चोइटो उछिट्टिएको हो : ओली

केन्द्रभाग मिडिया

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको, एउटा चोइटो उछिट्टिएको टिप्पणी गरे ।

एमाले विभाजित भएको भोलिपल्ट आज प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले ९समाजवादी० दर्ता गर्नु उहाँकै विवेकको कुरा भएको समेत बताए ।

उनले एकै ठाउँ आउन नसक्ने चुम्बकका दुई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे । उनले भने ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ ।

बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ । बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन् ।’

  • ३ भाद्र २०७८, बिहीबार १६:०४ प्रकाशित