एमाले विभाजन,माधव नेपालको नेतृत्वमा नयां दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

केन्द्रभाग मिडिया

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डे लगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए ।
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

 

  • २ भाद्र २०७८, बुधबार १६:४० प्रकाशित