फुटसल लिगको उपाधि पोखरेली टिम स्पोर्ट्स क्यासलको कब्जामा

केन्द्रभाग मिडिया

पोखरा ।
पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि ्स्पोर्ट्स क्यासल पोखराले जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टिम स्पोर्ट्स क्यासलले उपाधि जितेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स क्यासललाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक गरे । भने विजय गुरुङले एक गोल गरे । शंखमुलका लागि लक्ष्मण थापमगर र मणि लामाले गोल गरे ।

खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई १–० को अग्रता दिलाएका थिए । १०औं मिनेटमा लक्ष्मण थापामगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । २०औं मिनेटमा किशोर गुरुङले गोल गर्दे स्पोर्ट्स क्यासललाई २–१ को अग्रता दिलाए ।

 

२१औं मिनेटमा किशोर गुरुङले स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए । २२औं मिनेटमा मणि लामाले गोल गर्दाै शंखमुललाई ३–२ को अवस्थामा ल्याए । ३९औं मिनेटमा किशोर गुरुङले ह्याट्रिक पुरा गर्दै क्यासलाई ४–२ को जितसहित च्याम्पियन बनाए ।

शंखमुलले लगातार चौथो दिन चार खेल खेल्नुपर्दा फाइनलमा फाइनलमा स्पोर्ट्स क्यासललाई बलियो चुनौती पेश गरेपनि हार टार्न सकेन । फाइनलमा ह्याट्रिक पुरा गरेका किशोर गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।

उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ ‘दिपक मनाङे’ लगायतले पुरस्कार वितरण गरेका थिए । २ असोजबाट पोखरामा सुरु भएको लिगमा सातै प्रदेशबाट १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

  • २२ आश्विन २०७८, शुक्रबार १६:३९ प्रकाशित