इपीएल : पहिलो पटक फाइनलमा पोखरा राइनोज, ७ विकेटले हार्‍यो भैरहवा

केन्द्रभाग मिडिया

काठमाडौं।

भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।

पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गरेको हो।

  • २१ आश्विन २०७८, बिहीबार १६:४२ प्रकाशित