ईपीएल : भैरहवा र पोखराको खेल होला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।दोस्रो क्वालिफायरम फाइनल प्रवेशका लागि भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।खेल त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । आज देशभर वर्षा भएकाले आजको खेल रद्ध हुन सक्ने सम्भावना प्रबल छ ।

  • २१ आश्विन २०७८, बिहीबार ०९:३६ प्रकाशित