काठमाडौं ।
दशैंलाई लक्षित गर्दै आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् ।
दशैँमा मानिसहरु कर्मथलो छोडेर जन्मथलो जाने हुँदा मानिसको भिड हुने गर्छ । आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको यातायात विभागले जनाएको छ । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।
यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने सवारी बाहेक ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागले जानकारी दिएको छ ।
यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो ।