३३ किलो सुन तस्करी: गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

केन्द्रभाग मिडिया

काठमाडौं ।
जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका छन् । यस्तै, गोरेसँगै जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
उक्त हत्यामा संलग्न रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखिएको मोरङ अदालतले जनाएको छ ।

२०७४ साल मागमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवई हुँदै ३३ केजी सुन अवैध रुपमा नेपाल भित्र्याइएको थियो । सोही क्रममा भरियाको रुपमा रहेका शाक्यको हत्या भएको थियो । त्यसबेला राजनीतिक दलका ठूला नेतादेखि प्रहरीसम्मको संलग्नतामा सुन लुकाइएको आरोप रहेको थियो ।

  • १९ आश्विन २०७८, मंगलवार १७:२४ प्रकाशित