ईपीएल : फाइनल प्रवेशका लागि पोखरा र चितवन भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग(ईपीएल) मा फाइनलका लागि पोखरा र चितवन भिड्ने भएका छन् ।

चितवन टाइगर्सले फाइनल प्रवेशका लागि पोखरा राइनोजको सामना गर्ने भएको हो । ईपीएलको राउन्ड रोबिन लिगपश्चात शीर्ष दुई टोली फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने प्रावधान अनुरुप बुधबार बिहान खेल्ने भएका हुन् ।

भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ बीच मंगलबारको खेल टस पनि हुन नपाई रद्द भएपछि सबै समीकरण तयार भएको थियो । यी दुई टोली नै बुधबार हुने दोस्रो खेलमा इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

चितवन पहिलो चार खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको थियो । मंगलबारको नतिजा एक अंक जोडेको भैरहवाको पोखरासँगै समान ७ अंक भएको थियो । तर सर्वाधिक खेल जितेको हिसाबमा पोखराले भैरहवालाई उछिन्दै दोस्रो स्थान हात पारी क्वालिफायरमा पुगेको हो । पोखराको ३ खेलको तुलनामा भैरहवाले दुई खेल मात्र जितेको थियो ।

  • १९ आश्विन २०७८, मंगलवार १४:०० प्रकाशित