भारतीय कलाकार परिनीति र अनुपम खेर काठमाडौंमा, मुस्ताङमा सुटिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
फिल्म सुटिङका लागि भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन।

उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएको जनाइएको छ । उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्ने बताइएको छ।

अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन्। मैने प्यार किया, हम आपके है कौन, प्रेम रतन धन पायो जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा छन् ।

यस फिल्मको अधिकांश सुटिङ नेपालका विभिन उच्च हिमाली भेगमा हुने यसअघि नै बताइएको थियो ।फिल्म टोलीले यसअघि नै नेपालका लुक्ला, नाम्चेजस्ता अग्ला लोकेसन हेरिसकेको बताइएको छ।‘

उचाइँ’ फिल्म क्रुले नेपालमा करिब एक महिना छायांकन गर्ने जनाइएको छ।

  • १९ आश्विन २०७८, मंगलवार १३:२९ प्रकाशित