ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो।

तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ।

तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो ।

तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ।

डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन्।

  • १८ आश्विन २०७८, सोमबार २२:४२ प्रकाशित