काठमाडौं ।
महानगरी प्रहरी परिसरले काठमाडौंमा सञ्चालन गरेको दसैंलक्षित सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ ।
प्रहरीले उपत्यकाभित्रका २०७ चोर तथा पाकेटमार पक्राउ गरेको हो । झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी रहेको र बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको प्रहरीले जनाएको छ ।
दशैं नजिकिएसँगै चोरी डकैती बढ्न थालेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।