पूर्वफिफा रेफ्री लव खत्रीको निधन

केन्द्रभाग मिडिया

काठमाडौं।

पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ।

रेफ्री एसोसिएसन नेपालका महासचिव समेत रहेका खत्री आज बिहान घरको बाथरुममा अचेत अवसथामा भेटिएका थिए । खत्रीलाई उपचारको लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले पुष्टि गरेको छ ।

५० वर्षीय खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रूपमा काम गर्दै आएका थिए। सन् २०१८ मा उमेर हदका कारण उनले फिफा रेफ्रीबाट अवकास पाएका थिए।

त्यसपश्चात उनी रेफ्री प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ । खत्रीका पत्नी र एक छोरा रहेका छन् ।

  • १८ आश्विन २०७८, सोमबार १२:५९ प्रकाशित