भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

केन्द्रभाग मिडिया

एजेन्सी ।

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ परेकी छिन् । कृषि कानुन विरुद्ध उत्रेका किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनमा सहभागी भएकी गान्धी सोही क्रममा पक्राउ परेकी हुन् ।

उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको कांग्रेस प्रमुख अजय कुमार लल्लुले पुष्टि गरेका छन् । उनले के कसैको दुःखमा सहभागी हुनु अपराध हो भन्दै प्रश्न समेत गरेका छन ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको बताइएको छ ।

  • १८ आश्विन २०७८, सोमबार १०:२८ प्रकाशित