ईपीएलमा आज चितवन भर्सेस भैरहवा र काठमाडौं भर्सेस पोखरा

केन्द्रभाग मिडिया

काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुदैँछ ।

आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच अहिले साढे ९ बजे प्रतिष्पर्धा हुदैँछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । चितवन चार खेलमा ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन् ।

यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज भिड्नेछन् ।

पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ ।

  • १८ आश्विन २०७८, सोमबार ०९:०६ प्रकाशित