आलोचकलाई ओलीको जवाफः तामझाम भयो भनेर छाती पिट्नेहरु एमाले विरोधी हुन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको आलोचना गर्नेहरु एमाले विरोधी भएको बताएका छन् । विधान महाधिवेशनमा भएको तामझामको आलोचना गर्नेहरूलाई एमाले विरोधी भन्दै ओलीले यो एमालेविरुद्धको हमला भएको जिकिर गरेका छन्

विधान महाधिवेशन समापन समारोहलाई आइतबार बोल्दै ओलीले भने, ‘एमालेको महाधिवेशनमा ब्यानर देखिए, झन्डा देखिए, तामझाम देखियो भनेर छाती पिट्नेहरु एमाले विरोधी हुन् । यो एमालेविरुद्धको हमला हो ।’

विधान महाधिवेशनमा ओलीका डमी र तस्बिर, पानीको बोतलदेखि सवारी सधानमा समेत ओलीको तस्वीर टाँसिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

यसैबीच ओलीले देश बनाउने कर्तव्य आफ्नो पार्टीको रहेको बताएका छन्। ‘जनताको विश्वास हामी माथि छ। देशको ठूलो पार्टी हामी हौं। हावाको झोक्काहरुले हामीलाई असर गर्दैन।’उनले भने

  • १७ आश्विन २०७८, आईतवार १७:०३ प्रकाशित