राजकुमार लेखी एमाले प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमै फर्केका छन् । लेखी आज एमाले प्रवेश गरेका छन् । एमाले विधान महाधिवेशन चलिरहेको बेला लेखी सहित ५५ जना एमाले प्रवेश गरेका हुन् ।

लेखीले तीन दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए । लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गरेका थिए ।

२०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गरेका थिए।

  • १७ आश्विन २०७८, आईतवार १३:५९ प्रकाशित