बैंककमा उपचाररत पुनको जण्डिसको मात्रा ३४ बाट २७ मा झर्‍यो

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को जण्डिसको मात्रा घटेको छ ।

थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको जण्डिसको मात्रा घटेर २७ मा झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको जनाइएको छ ।

चिकित्सकका अनुसार सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेको थियो । त्यसपश्चात चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।

अहिले पुनको शरीरको बिलुरुविनको मात्रा घटेर २७ मा आएको पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिएकी छिन् ।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको छ ।यद्यपि बान्ता भने नरोकिएको जनाइएको छ । खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

  • १७ आश्विन २०७८, आईतवार १३:२३ प्रकाशित