अखिल क्रान्तिकारी अध्यक्षका दावेदारहरु बने माओवादीका केन्द्रीय सदस्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो ।

अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरु नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् ।

पूर्वअध्यक्ष तामाङसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी राजनीति सुरु गर्ने भएका छन् ।

  • १७ आश्विन २०७८, आईतवार १३:२१ प्रकाशित