नेकपा एस कास्की वडा १५ मा ३५ सदस्यीय वडा कमिटी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका वार्ड नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटिको उपाध्यक्ष्यमा गुरूदत्त पौडेल, कुमारी गरुङ रहेका छन भने सचिवमा मदन गिरी रहेका छन । भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य श्रीनाथ वरालले आफ्नै पार्टीको झण्डै दुईतिहाईको वहुमतको संसद माथी असंवैधानिक तवरले पटक पटक प्रहार गर्ने र आफैले नेतृत्व गरेको सरकार अनि पार्टी बचाउन नसक्नेहरूको बोलवाल रहेको एमालेले लोकतन्त्र र संविधानको रक्षा नसक्ने भएकाले आफुहरूले विद्रोह गरि नयाँँ पार्टीको रूपमा कम्यूनिष्ट पार्टीको पुर्नगठन गरेको वताए ।

कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ति पौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र वराल, पुनलाल विक, जिल्ला कमिटि सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल लगायतले पुष्पलाल, मदन र मनमोहनले देखेको सपनालाई साकार पार्ने दायित्व आफ्नो पार्टीको काँधमा आएको वताउदैँ सवै भ्रमहरुलाई चिर्दै कार्यकर्ताहरुले जनताको विचमा गएर काम गर्नु पर्नेमा जोड दिए ।

वडाका जेष्ठ कम्यूनिष्ट नेता ओम बहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन वेन गुरुङ र स्वागत गणेश कार्कीले गरेका थिए ।

  • १७ आश्विन २०७८, आईतवार ०९:४५ प्रकाशित