लमजुङ : काँग्रेस राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको लमजुङस्थित राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन भएका छन् ।

उनका प्रतिष्पर्धी नुरराज कडरियालाई ३७ मत अन्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । सभापति पौडेलले १२२ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार कडरियाले जम्मा ७५ मत पाएका थिए ।

उपसभापतिमा सन्तोष गुरूङ र राजकुमार भुजेल निर्वाचित भएका छन् भने सचिवमा गोविन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्यौपाने निर्वाचित भएका हुन्।गत असोज ९ मा निर्वाचन हुँदा यहाँ पौडेल नाम रहेको मतपत्रमा चिन्ह लगाउने ठाउँ राखिएको थिएन। विवाद हुँदा मतपत्र नै नष्ट गरेर शनिबार फेरि चुनाव गरिएको थियो।

  • १७ आश्विन २०७८, आईतवार ०८:४० प्रकाशित