एमालेको अध्यक्ष मण्डलमा अटाएनन् भीम रावल

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा एमालेलेको अध्यक्षमण्डलमा भीम रावल अटाएनन् ।

आजबाट सुरु भएको विधान महाधिवेशनमा केपी शर्मा ओली, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सत्यनाराण मण्डल, छविलाल विश्वकर्मा, युवराज ज्ञवालीसहितको अध्यक्ष मण्डल गठन भएकोमा भीम रावल भने नपरेका हुन् ।

नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्।

  • १५ आश्विन २०७८, शुक्रबार १६:४८ प्रकाशित