एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

समितिले शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने बताएको छ । ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ ।

उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

विधान महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।

  • १४ आश्विन २०७८, बिहीबार १७:०० प्रकाशित