इक्वेडरको एक जेलमा कैदीहरुबीच झडप, २४ कैदी मारिए, ४२ घाईते

केन्द्रभाग मिडिया

एजेन्सी ।

इक्वेडरको एक कारागारमा कैदीहरुबीच भयावह झडप भएको छ ।

झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको जनाइएको छ । त्यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपको क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार त्यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

त्यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको उल्लेख गरेको छ ।

  • १३ आश्विन २०७८, बुधबार १६:०३ प्रकाशित