प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज ९बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसदको चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ।
आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ। आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ। राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय छ।

  • ११ आश्विन २०७८, सोमबार ११:०३ प्रकाशित