आज पोखरामा मिनी सडक महोत्सव गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।
हरेक अंग्रजी वर्ष सेप्टेम्बर २७ का दिन मनाईन विश्व पर्यटन दिवशको अवसरमा पोखरामा सोमबार पोखरामा मिनी सडक महोत्सव आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले लेकसाइड क्षेत्रमा महोत्सव गर्ने भएको हो ।

महोत्सव बाराहीचोकदेखि खहरेचोकसम्मको डेढ किलोमिटर क्षेत्रमा बेलुका ५ बजेदेखि सुरु भएर राति १० बजेसम्म चल्नेछ । रेवान अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सवकै सानो रूप ‘मिनी सडक महोत्सव’ हुने बताए । उनका अनुसार महोत्सव क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने छ ।

बाराहीचोकको स्टेजमा कार्यक्रमको उद्घाटन साँझ ५ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने छन् । महोत्सवमा पोखराको सांगीतिक समूह लक्ष्य ब्यान्ड र हिमाली सांस्कृतिक समूहको साथमा नेवार समुदायको लाखे नाच, पञ्चे बाजा, थारू समुदायको प्रचलित थारु झुम्रा नाच, गन्धर्व समुदायको सारंगीवादन जस्ता सांस्कृतिक कार्यक्रम हुनेछन् ।

महोत्सवमा आइतबार पोखरा आएका विभिन्न देशका राजदूत, विकास साझेदार संस्थाका उच्च पदाधिकारी लगायतपनि सहभागी हुनेछन् ।

  • ११ आश्विन २०७८, सोमबार ०७:३० प्रकाशित