पोखरा आइपुगे राजदूत

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारको निमन्त्रणमा १२ देशका राजदुत पोखरा आइपुगेका छन् ।

पोखरा घुम्नका लागि नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका हुन् । विश्व पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुइ दिन पोखरा रहनेछन र पोखराका पर्यटकीय गतिविधिमा सहभागी हुनेछन् ।

विश्व पर्यटन दिवसको अवसरमा भोली पोखरामा मिनी स्ट्रिट फेस्ष्टिवल आयोजना गरिएको छ । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेको र निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन उच्च कूटनीतिक निकायका पदाधिकारीलाई निम्तो दिइएको बताइएको छ ।

यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका हुन् ।

  • १० आश्विन २०७८, आईतवार १६:४९ प्रकाशित