कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

निवर्तमान समितिका उपसभापति समेत रहेका निर्वाचित सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव हुन् ।

मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ । सभापतिका लागि रामराज लामिछाने, मिलन तिवारी, मोहन प्रसाद बास्तोला, ज्योति हमाल प्रतिस्पर्धामा थिए ।

कांग्रेस पोखरा महानगर समितिमा कुल एक हजार ३७० मतदाता भएपनि नयाँ नेतृत्व चयनका लागि १३ सय ४४ मत दिएका थिए ।

  • १० आश्विन २०७८, आईतवार ०८:३८ प्रकाशित