सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

कांग्रेस काठमाडौं महानगरपालिका–१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसमा आमूल परिवर्तन ल्याउन सभापतिमा उम्मेदवारी दिने बताए । उनले आफूले पार्टीको नम्बर वान म्यान भएर काम गर्ने निष्कर्ष निकालेको बताएका छन् ।

उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४औं महाधिवेशनले पनि पूरानै नेताहरूलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने बताए ।

नेता सिंह, महामन्त्री शशांक कोइराला र उप–सभापति विमलेन्द्र निधिबीच शुक्रबार भेटवार्ता भएको अर्को दिन सिंहले सभापतिमा उम्मेदवारी दिने भनेर तरंग ल्याइदिएका छन् ।

  • ९ आश्विन २०७८, शनिबार १६:२२ प्रकाशित