चर्चित गायिका ईन्दिराले गरिन् सुटुक्क इन्गेजमेन्ट

केन्द्रभाग मिडिया

पोखरा ।

चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट खबर बाहिरीएको हो ।

अहिले ईन्दिरा स्वयम्ले आफ्नो अफिसियल फेसबुक पेज र उनको इन्स्टाग्राम मार्फत आफ्नो इन्गेजमेन्ट खबर खुलाएकी छिन् ।इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर रहेको बताइएको छ ।

उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ।

गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता।।। अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’

त्यसबेला गायिका ईन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। इन्दिरा नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को तीन सिजनमा निर्णायकको भुमिका रहेकी थिइन् । उनले अब अर्को रियालिटी शो सारेगमप लिटिल च्याम्प्सको जर्ज गर्ने भएकि छिन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १३:५६ प्रकाशित