एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

केन्द्रभाग मिडिया

पोखरा ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने छ ।

बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङले जानकारी दिए ।

  • ८ आश्विन २०७८, शुक्रबार ०७:५४ प्रकाशित