आज अन्तर्राष्ट्रिय शान्ति दिवस : हत्या हिंसा बढ्दा शान्ति स्थापनामा चुनौती

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको  अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् ।

बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ । हरेक वर्ष सेप्टेबर २१ मा मनाइने यस दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ । यस वर्ष ‘शान्तिको अधिकार’ भन्ने नारासहित दिवस मनाईने भएको छ । मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७० औँ वर्ष पूरा भएको छ ।

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारको दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।

न् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो । आणविक अस्त्रको विकास, परीक्षण, उत्पादनरनिर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि सन् २०२१ जनवरी २२ तारिखदेखि लागू भइसकेको छ ।

नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।

८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन ।

शान्ति दिवस मनाईरहँदा नेपालमा हत्या हिंसाका घट्ना भने दिनदिनै घटिरहेका छन् । गत भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा दुई नाबालक सहित ६ जनाको हत्या भयो । यो पछिल्लो घटेको निकै नै अप्रिया घटना हो । यसले अशान्ति, झै–झगडा, हत्या हिंसाको अवस्था भयावह रहेको देखाउँछ ।

आज विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्यो भन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी, आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ । यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिदैँ गएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार १०:२५ प्रकाशित