रूसको एक विश्वविद्यालयमा विद्यार्थीले चलाए गोली, कम्तीमा ८ जनाको मृत्यु

केन्द्रभाग मिडिया

मस्को ।

रूसको एक विश्वविद्यालयमा आज सोमबार दिउँसो गोलाबारी भएको छ ।

पर्म स्टेट युनिभर्सिटीमा चलेको गोली लागेर ८ जनाको मृत्यु भएको रूसी समाचार संस्थाहरुले जनाएको छ । गोली एक विद्यार्थीले चलाएका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको देखिन्छ।

उनलाई प्रहरीले पक्राउ गरेका छन्। गोली चलाउेन उनी घाइते भएका छन्।

  • ४ आश्विन २०७८, सोमबार १७:०५ प्रकाशित