संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ हत्यारा पक्राउ

केन्द्रभाग मिडिया

हत्यारा लोक बहादुर कार्की

काठमाडौं ।

संखुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीका भाई, बुवासहित अन्य दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको हो ।

यसअघि प्रकाउ परेका लोकबहादुरको बयानका आधारमा थप चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र अर्का एक जना छन्।

चार जनामध्ये लोकबहादुरका भाइ र बुवा रणबहादुर हुन्। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएको थियो ।

  • ४ आश्विन २०७८, सोमबार १२:५० प्रकाशित