आज संविधान दिवस, जनताका अधिकार कागजमै सिमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ ।

दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।यता पोखरामा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । हिजो पोखराको पृथ्वीचोक लगायतको विभिन्न चोकहरुमा दिपप्रज्वलन गरिएको थियो । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पाला नेपालमा नयाँ संविधान जारी भएको हो ।

दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट लेखिएको संविधान जारी भएको थियो ।

त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस अर्थात राष्ट्रिय दिवसको रुपमा मनाउँदै आईएको छ ।तर दिवस मनाइरहँदा जनताले भने संविधानमा समावेश भएका अधिकारको अनुभुत गर्न पाएका छैन ।

सिंहदरबारमा रहेको शक्तिलाई प्रदेश र पालिकासम्म विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई मौलिक हक स्थापित गर्ने गरी संविधान जारी गरे पनि त्यो कागजमा नै सीमित भएको छ।उता मधेशकेन्द्रीत दलहरुको असन्तुष्टी अझैसम्म संवोधन हुन सकेको छैन ।उनीहरुले संविधान संशोधनको माग गरिरहेका छन् ।

यसै अवसरमा आज विभिन्न राजनितिक दलहरुले दिवस मनाईरहँदा जनता समाजवादी पार्टी मौन रहने भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले विरोध कार्यक्रम तय गरेको छ ।

  • ३ आश्विन २०७८, आईतवार ०८:३८ प्रकाशित