कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि 

केन्द्रभाग मिडिया

पोखरा ।
कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् ।

गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा भरतमणि विजेता घोषित भएका हुन् ।

उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे ।

भरतमणिले पूर्व युवराज पारस शाहको गेटअप र शैलीमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो ।

सोही प्रस्तुतिका करण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

  • ३ आश्विन २०७८, आईतवार ०६:२९ प्रकाशित